भौतिकवादमा देखिएको विसंगतीलाई आद्यात्मिक चेतनासंगै जोड्नुपर्ने– शर्मा
१ घण्टा अगाडि | ५० पटक पढिएको
घोराही, दाङको घोराहीमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले होली विशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । ब्रह्माकुमारीज राप्तीक्षेत्रकी प्रमुख सञ्चालिका राजयोगिनी गिता दिदीको अध्यक्षता भएको होली मिलन कार्यक्रम वोल्दै प्रमुख अथिति प्रेस काउन्सीलका पूर्व अध्यक्ष तथा वरिष्ठ साहित्यकार नारायण प्रसाद शर्माले अति भौतिकवादमा देखिएको विसंगती हटाउँदै आद्यात्मिक चेतनासंगै जोड्नुपर्ने वताएका छन् ।
भौतिकवादलाई पनि आद्यात्मिक उत्पादनमूलकमा पनि जोड्नु पर्ने जरुरी रहेको भन्दै अभौतिक अन्तरमनको यात्राले विचार शुद्धिकरण हुन सक्ने भएकोले अवको आवश्यकता भौतिकता र आद्यात्मिकता वीचको संयोजन एवं सन्तुलन माथी जोड दिए । वैचारिक विचार स्वभाव आ–आफ्नै भएपनि ब्रह्माकुमारीज संस्थामा देखिने शान्त गम्भिर तथा प्रशन्न मुद्राले आफू प्रभावित भएको सन्दर्भ उल्लेख गर्दे शान्त, शालीन सभ्य वातावरणले चाडपर्वको नाउँमा देखिएको असभ्यता र अश्लिलता कम गर्दे ससंस्कृत समाजको परिकल्पना साकार हुने धारणा समेत व्यक्त गरे ।
विशिष्ट अतिथी दाङ जिल्ला देउखुरी अदालतका न्यायाधीस हेमन्त रावलले जस्तो व्यवहार त्यस्तै विचार तथा जस्तो विचार त्यस्तै व्यवहार देखिने भएकोले वर्तमानमा आदर्श जीवनशैलीको अभाव रहेको परिप्रेक्ष्यमा अपराधविहीन सभ्यताको निर्माणमा हामी सवै कृयाशील हुनुपर्ने कुरामा जोड दिएका थिए ।
उक्त होली मिलन कार्यक्रममा पत्रकार शारदा शर्मा शरद अधिकारी, छवि गिरी, अमिता चौधरी, पार्वती बस्नेत लगायतका होलीको शुभकामना व्यक्त गरेका थिए ।
ं ब्रह्माकुमारी उर्मिलाको स्वागत होली मिलन कार्यक्रमको सहजीकरण राजयोग प्रशिक्षक ब्रह्माकुमार माधव
Source: BK Global News Feed
Comment here